शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले ‘बैगुनी केटा’को संज्ञा दिएपछि योगेश भट्टराईले फर्काए जवाफ

शनिबार, ०३ माघ २०७७, २२ : ५७
शनिबार, ०३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘बैगुनी केटाकेटी’को संज्ञा दिएपछि योगेश भट्टराईलाई जवाफ फर्काएका छन् । शनिबार राति ट्वीट गर्दै योगेशले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै प्रधानमन्त्री ओलीले कुर्सीप्राप्त गरेको स्मरण गराए ।

पार्टी विभाजनपछि प्रचण्ड माधव नेपाल समूहमा रहेका उनले लेखेका छन्, 'केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।'

शनिबार दिउँसो नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ, भनेका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप