ad
x

महामारीका कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी आयोः राष्ट्रसंघ

person explore access_timeमाघ ३, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ । सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


२०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ ।  ‘अन्तर्राष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी आप्रबासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । 



यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रूसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन् ।  सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाई सराईका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ । 

यसबाहेक धेरै आप्रबासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन् । राष्ट्रसंघीय प्रतिवेदन अनुसार मेक्सिको र रूसबाट विदेशमा काम, पढाई वा बसाइ सराई गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ । 

सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रबासीहरू यूरोपमा रहेका छन् । यूरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रबासीको सङ्ख्या ७० प्रतिशत रहेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।