काँग्रेस कहिल्यै पनि निर्वाचनबाट भाग्दैन : गोविन्द भट्टराई
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले काँग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रस्ट पारे ।
संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला काँग्रेसलाई स्वीकार्य हुने उनले बताए । “न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न काँग्रेस सदैव तयार छ”, उनले भने, “मुद्दाको टुङ्गो नलागेकाले काँग्रेसको धारणा यही हो भनेर भन्ने अवस्था छैन ।”
“सर्वोच्च अदालतले जे सुकै निर्णय गरोस्, हाम्रो कुरा यो हो भनेर प्रचण्ड र माधव नेपालले पनि भन्नुभएको छैन भने काँग्रेसलाई अहिल्यै हतार किन ?”, उनले भने ।
नेता भट्टराईले संसद् पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने हो भने मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने धारणा व्यक्त गरे । संविधान मिचिएकाले पुनस्र्थापना र निर्वाचनले मात्रै त्यसलाई सही मार्गमा ल्याउन सक्ने उनको भनाइ थियो ।
कम्युनिष्ट पार्टीका नेताहरुको पदको लोभका कारण अहिलेको स्थिति सिर्जना भएको उनले आरोप लगाए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेश सांसद सरिता गुरुङ, नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोला, नगरसभापति शान्तिरमण वाग्लेलगायतले सरकारको कदम गलत भए पनि काँग्रेस निर्वाचनबाट नभाग्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : मन्त्री भण्डारी
-
तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ
-
‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’
-
अग्नि प्रभावित गाउँपालिकालाई अनुदान दिने काठमाडौँ महानगरको निर्णय
-
एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
-
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा