बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई सिंहको प्रश्न : मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?

शनिबार, ०३ माघ २०७७, १६ : ३६
शनिबार, ०३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरूद्ध शनिबार वसन्तपुरमा आयोजित सभामा उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ भन्दै प्रश्न पनि गरे ।

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताए । 'मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?,' नेता सिंहले भने, 'काँग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।'

उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो । 

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल,झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप