जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।
'मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,' उनले भने ।
उनले अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।
'किशोकिशोरी, युवायुवती, हाम्रा बाआमामा अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । त्यसलै हामीले थुप्रै काम गरिरहेका छौँ । बालबालिका चेहेरामा मुस्कान हुनुपर्छ । सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छु,' उनले भने ।
यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन्। निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ।
‘अहिले निर्वाचनमा जाँदा देश संकटमा पर्यो भनिरहेका छन्,’ उनले भने, ‘यिनीहरूको योजना त सत्ता कब्जा गर्ने सोच रहेछ, अदालतले स्वतन्त्ररूपले फैसला गर्न पाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण