जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।
'मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,' उनले भने ।
उनले अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।
'किशोकिशोरी, युवायुवती, हाम्रा बाआमामा अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । त्यसलै हामीले थुप्रै काम गरिरहेका छौँ । बालबालिका चेहेरामा मुस्कान हुनुपर्छ । सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छु,' उनले भने ।
यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन्। निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ।
‘अहिले निर्वाचनमा जाँदा देश संकटमा पर्यो भनिरहेका छन्,’ उनले भने, ‘यिनीहरूको योजना त सत्ता कब्जा गर्ने सोच रहेछ, अदालतले स्वतन्त्ररूपले फैसला गर्न पाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन