दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !
शनिबार, ०३ माघ २०७७, ०७ : ४३

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी सरकारले गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा मुलुकमा राजनीतिक संकट ल्याउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने काम भइरहेकाले दुई तिहाइ बहुमत आवश्यक भएको भन्ने उल्लेख गरिएको हो ।
‘सरकार मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको रक्षामा दृढ छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यति प्रयास गर्दागर्दै पनि मुलुकमा राजनीतिक संकट ल्याउने अनि संविधान कार्यान्वयनमा अवरोध गर्नेलगायतका काम भइरहेकाले (प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको हो ।’ सरकारले सर्वोच्च अदालतमा पठाएको मन्त्रिपरिषद् बैठकको निर्णयको प्रतिलिपि शुक्रबार सर्वोच्च अदालतबाट सार्वजनिक गरिएको हो ।कान्तिपुरमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित