शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

शुक्रबार, ०२ माघ २०७७, २३ : ५८
शुक्रबार, ०२ माघ २०७७

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । 
त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।  

उता, वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख १० हजार १०८ पुगेको छ भने संक्रमितहरुको संख्या ९ करोड ३८ लाख ८३ हजार ७ सय ८१ पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेहरुको संख्या ६ करोड ७० लाखभन्दा बढी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप