शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्योति साहित्यको ‘कविता यात्रा’ कविहरुले राखे व्यङ्ग्य तथा कविता

शुक्रबार, ०२ माघ २०७७, २२ : २८
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । हरेक साता ‘कविता यात्रा’ नाम साहित्यिक कार्यक्रम गर्दै आएको ज्योति साहित्य प्रतिष्ठानले आफ्नो यात्राको १७५ औँ श्रृखला शुक्रबार आयोजना गरेको छ । भर्चुअल माध्यमबाट प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न यात्रामा यात्रामा शुक्रबार प्रमुख अतिथिका रुपमा कवि तथा ब्यङ्ग्यकार रामकुमार पाँडे नर्वेको ओस्लोबाट जोडिएका थिए ।

साहित्यकार स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ  कवि कलानिधि दाहाल रहेको यो श्रृंखलामा कविहरुमा महेश खरेल, लक्ष्मीप्रसाद मिश्र,  चन्द्रा न्यौपाने, द्वारिका कुँइकेल, रेणु घिमिरे,  निर्मल रमण अधिकारी, संगीता ठाकुर, सुधा ढकाल, लक्ष्मी बडाल, सरिता भट्टराई नेपाल्, पवन बुढाथोकी, निरु बिन्दु(कालेबुङ्ग), आर्त आकुलिन, जीविका अश्रु (गान्तोक), भारती बस्याल, चन्द्रावती अधिकारीलगायत कविहरुले श्रृंखलामा आफ्नो रचना वाचन गरेका थिए ।

सुशीला ढकाल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि  तथा व्यङ्ग्यकार रामकुमार पाँडेले श्रृंखला उच्च स्तरको कवि  सम्मेलन महसुस गरेको बताए । उनले समाजका समस्याका कुराहरु व्यङ्ग्य तथा कविताको रुपमा राख्दै राष्ट्रवादी र राष्ट्रलाई नै जुरुक्क उचाल्ने हुनुपर्ने बताए ।

कार्यक्रममा कवि विधान आचार्यले मार्मिक कविता र एउटा  प्रेमिल गजल सुनाएका थिए भने कवि कलानिधि दाहालले विभिन्न विषयमा कविता पस्किएका थिए । विगत केही वर्षदेखि ज्योति साहित्यले विभिन्न कवि तथा साहित्यकारको उपस्थितिमा प्रत्येक महिनाको पहिलो शुक्रवार  ‘कविता यात्रा’ गर्दै आएको छ । कोरोनाको कारण यो यात्रा अहिले भने भर्चुअल माध्याम हुन थालेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप