शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवको एकता अभियानमा जोडिए दीपक मनाङे

शुक्रबार, ०२ माघ २०७७, २१ : ३४
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेकपाका उपाअध्यक्ष बामदेव गौतमको पार्टी एकता अभियानमा गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे पनि जोडिएका छन् । संसद विघटनपछि नेकपा देखिएको विभाजन रोक्न गौतमले सुरु गरेको अभियानमा मनाङेले साथ दिने भएका हुन् । 

गौतमाले आफूलाई एकता अभियानको केन्द्रीय सदस्यमा राखेको उनले जनाए । गएको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रदेश सांसदमा निर्वाचित भएका उनी केही समयअघि नेकपा प्रवेश गरेका थिए । नेकपा केपी आली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएपछि उनी गौतमको अभियानतिर लागेको देखिन्छ ।

एकता अभियानका नाममा वामदेव समूहले जिल्लामा १७ वटा कमिटी बनाइसकेका छन् । केन्द्रमा ४ सय ५१ सदस्यीय केन्द्रीय कमिटी र १ सय १ को कार्यसम्पादन कमिटी पनि बनिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप