प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै ‘त्रुटिपूर्ण’ !

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय ‘त्रुटिपूर्ण’ रहेको पाइएको छ । पुस ५ मा बसेको मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेको थिया । तर, सो निर्णयमा संविधानको धारा र दफा उल्लेख छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दाको मुख्य आधार हो, मन्त्रिपरिषद्को निर्णय । तर, सो निर्णयमा संविधानको धारा र दफा नै छुट्नु त्रुटिपूर्ण रहेको जानकारहरु बताउँछन् ।
रातोपाटीलाई प्राप्त मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपीमा संविधानको धारा र दफा उल्लेख गरिएको छैन् । संसद विघटनको सिफारिसको मुख्य कारणमा ‘एउटै दलको दुई तिहाई बहुमत र त्यस्तो बहुमतको सरकार आवश्यक भएको’ मन्त्रिपरिषद्को बैठकको निचोड छ । सो निचोडका आधारमा मन्त्रिपरिषद्ले विघटनको सिफारिस गरेको देखिन्छ ।
तर, राष्ट्रपति भण्डारीले चाहिँ विघटनको निर्णय गर्दा धारा र दफा उल्लेख गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा धारा ७६ (१) (७) र ८५ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘संविधानको धारा र दफा उल्लेख नगरी मन्त्रिपरषद्ले विघटनको सिफारिस गरेको हुनाले सो निर्णय त्रुटिपुर्ण छ,’ पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ भन्छन्–‘जुन निर्णयको आधारमा विघटन गरियो त्यो निर्णय कानुन सम्मत हुन सक्दैन् ।’
सिफारिसको निर्णय गर्दा धारा, दफा नखुलाएपनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रमा चाहिँ धारा, दफा उल्लेख गरिएको छ । पुस ५ मा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रको शुरुमा धारा दफा उल्लेख गरेर मन्त्रिपरिषद्को निर्णयको बुँदा राखिएको देखिन्छ ।
मन्त्रिपरिषद्ले निर्णयमा धारा, दफा खुलाउन जरुरी नभएको बताउँछन् महान्यायाधिवक्ता अग्नि खरेल । रातोपाटीसँग कुरा गर्दै खरेलले भने–‘मन्त्रिपरिषद्को निर्णयमा त्यो खुलाउन जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु