शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा चर्चा पनि भएन लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय

दिल्लीमा नेपालको पुरानो नक्सा सामुन्नेमा हुँदा पनि केही बोलेनन् परराष्ट्रमन्त्री
शुक्रबार, ०२ माघ २०७७, २० : ४८
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले भारत भ्रमण छन् । उनी भारत भ्रमणमा गएको बेला सबैको ध्यान दिल्लीतिर छ । किनभने परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा सीमा विवादको समस्या समाधान हुन अपेक्षा थियो । तर, यो भ्रमणमा मन्त्री ज्ञवालीले सीमा विवादको विषयमा चर्चा समेत गरेनन् । चर्चामा रहेका लिपुलेक, कालापानी, लिम्पिआधुराको बारेमा पनि बैठकमा कुरा उठेन । बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा सीमा विवादको विषय उल्लेख गरिएको छैन ।

बैठकमा उनले समग्र सीमा समस्याका कुरा उठाए पनि जुन सीमा विवादलाई लिएर नेपाल–भारतबीच दुरी बढेको छ, त्यसको बारेमा कुनै चर्चा समेत गर्न आवश्यक ठानिएको देखिएन ।

मन्त्री ज्ञवालीले कुरा नगरेपछि भारतको तर्फबाट त्यसको बारेमा चर्चा गर्ने कुरा नै भएन । भारतले सुरुदेखि नै सीमा विवादलाई एजेण्डामा राखेको थिएन । नेपाल तयारी अवस्थामा नरहेको भन्दै भारतले छलफलको एजेण्डा यस विषयमा बनाएको थिएन ।

आज इण्डियन काउन्सिल वर्ल्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा पनि मन्त्री ज्ञवालीले लामो मन्तव्य दिए । तर लिपुलेक, कालापानी, लिम्पियाधुराको बारेमा चर्चा समेत गरेनन् । बरु त्यो कार्यक्रममा राखिएको ब्यानरमा नेपालको पुरानै नक्सा राखिएको थियो ।

पुरानै नक्सा राखिए पनि त्यसमा मन्त्री ज्ञवालीले कुनै प्रतिक्रिया जनाएनन् । भारतका थिंक ट्यांकहरुले आयोजना गरेको सो कार्यक्रमको ब्यानरमा नेपालको नक्सा सचेतरुपमा राखिएको छ । जब कि त्यो ब्यानमा नेपालको नक्सा राख्नुपर्ने कुनै सन्दर्भ नै थिएन ।

भारतले आफूले नेपालले संशोधन गरेको नक्सालाई स्वीकार नगर्ने भनि स्पष्ट सन्देश दिन खोजेको थियो । तर नेपालको तर्फबाट त्यस नक्सा वा ब्यानरप्रति कुनै आपत्ति नै जनाइएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप