मानव बेचबिखन मुद्दामा २ वर्ष कैद सुनाइएका पत्रकार जिसी पक्राउ

घोराहि । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जिसीलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।
अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिसीविरुद्ध उजुरी दिएपछि मानव बेचबिखन ब्युरोले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो जरिवानासहितको सजायँ सुनाएको थियो ।
पुष १९ गतेको अदालतको फैसलापछि जिसीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको एसपी चन्दले बताए । जिसीलाई घोराही मिलनचोक स्थित घरबाट नियन्त्रणमा लिइएको र उनलाई प्रहरीले कारागार पठाउने तयारी भइरहेको जनाएको छ ।
जिसी नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य हुन् । उनीसँगैका अर्का एक बर्ष कैद तोकिएका तुलसिपुर घर भइ हाल काठमाडौं बस्ने मुकुन्द जिसीलाई पक्राउ गर्न प्रहरि परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो