बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : माधव नेपाल

शुक्रबार, ०२ माघ २०७७, १९ : २९
शुक्रबार, ०२ माघ २०७७

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । 

संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले,  ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’ 

यस्तै आजै  पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने र ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । नेपाले हिजो मात्र ओलीमाथि कारबाहीको थपप कदम चाल्ने बताएका थिए ।

बुधबार प्रचण्ड–नेपाल समूहको सहकार्यको प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा विभाजनको आधिकारिता खोजेपछि शुक्रबार उक्त समूह एक कदम अगाडि बढेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप