शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण

शुक्रबार, ०२ माघ २०७७, १८ : ४०
शुक्रबार, ०२ माघ २०७७

देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने दर ९७।७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

अहिले देशभर चार हजार ३०१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख पाँच हजार १२५ को पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ५९ महिला र ११३ पुरुष रहेका छन् ।  

थप पाँचको मृत्यु  

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप