बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

शुक्रबार, ०२ माघ २०७७, १८ : ३३
शुक्रबार, ०२ माघ २०७७

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ । 

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । 

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप