शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

शुक्रबार, ०२ माघ २०७७, १८ : ०४
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “परीक्षणका रुपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप