शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड पोजिटिभ यात्रु बोकेको समाचार प्रति नेपाल एयरलाइन्सको आपत्ति

शुक्रबार, ०२ माघ २०७७, १७ : ५५
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । 

निगमले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र भारतबिच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक/एक उडान हँुदै आएको जनाएको छ ।

उक्त सम्झौतामा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट हुनुपर्ने उल्लेख भए बमोजिम पुस १५मा दिल्लीबाट काठमाडौं उडान गर्ने ६ जना यात्रुहरुमा अघिल्लो दिन काठमाडौंबाट जाँदा गरिएको ७२ घण्टा भित्रकै पीसीआर रिपोर्ट रहेकोले यात्रा गर्ने अनुमति दिइएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

काठमाडौं अवतरण गरीसकेपछि हेल्थ डेस्कले भारतमा गरेको पीसीआर रिपोर्ट चाहिने बताए पछि ६ जना यात्रुहरुलाई ७२ घण्टाभित्रको पीसीआर भएता पनि क्वारेन्टिनमा राख्नुपर्ने निर्देशन दिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको निगमले जनाएको छ ।

सोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरी अबदेखि जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गरी दुवै देशका वायुसेवा कम्पनीहरुले कडाइका साथ लागु गरिरहेको पनि निगमले विज्ञप्तीमार्फत जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप