बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा

शुक्रबार, ०२ माघ २०७७, १७ : ५५
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् ।  गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए । 

जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर १३,१५० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानका दाहालको १०,४०० अंक छ । इङल्यान्डका इथान रोस १०,०६० अंकसहित चौथो र मलेसियाका एचओएच जस्टिन ९,५९० अंकसहित पाँचौ स्थानमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप