मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाखालबाटै जिल्ला समन्वय समिति प्रमुखसहित ५ जना पक्राउ

शुक्रबार, ०२ माघ २०७७, १७ : ४६
शुक्रबार, ०२ माघ २०७७

सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला समन्वय समिति प्रमुख ओलीसहित रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमल गिरी छन् । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ पातुखोलास्थित भरत घर्ती मगरको घरमा बसेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्र्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिए ।  उनले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २५ हजार २ सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप