आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

माघ ४ गतेबाट संवैधानिक इजलासमै निरन्तर सुनुवाइ (आदेशसहित)
शुक्रबार, ०२ माघ २०७७, १७ : ०९
शुक्रबार, ०२ माघ २०७७

प्रतिनिध सभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट हुनु पर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ । अब संसद विघट विरुद्ध सर्वोच्चमा परेको मुद्दाको संवैधानिक इजलासबाटै निरन्तर सुनुवाइ हुने भएको छ । माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुने सर्वोच्चले आदेश दिएको हो । 

शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।  ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधान धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नुपरेन,’ आदेशमा भनिएको छ । यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप