मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुल्यो, कोभिसिल्डलाई अनुमति

शुक्रबार, ०२ माघ २०७७, १६ : ००
शुक्रबार, ०२ माघ २०७७

औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ ।  विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारी सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।

भारतमा पनि यो खोपले आपत्कालिन प्रयोगका लागि अनुमति पाइसकेको छ । शनिबारबाट भारतमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप