अन्ना हजारेले मोदीलाई लेखे चिट्ठी, फेरि अनशन थाल्ने चेतावनी
एजेन्सी । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि किसानहरुको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन् । उनले किसानलाई बालीको ५० प्रतिशतभन्दा धेरै मूल्य मिल्नुपर्ने भएपनि सरकारले यसअघि यसबारे दिएका आश्वासन कार्यान्वयन नभएको बताएका हुन् ।
यस विषयमा चार पाँचपटक मोदीलाई पत्र लेखेपनि कुनै जवाफ नपाएको हजारेको गुनासो छ । त्यसैले जनवरीको अन्त्यदेखि फेरि रामलिला मैदानमा भोक हड्ताल सुरु गर्ने निर्णय गरेको उनले बताएका छन् । हिन्दीमा लेखिएको यस चिट्ठीमा अन्नाले सरकारसँग विगतमा भएका सम्झौताबारे स्मरण गराएका छन् ।
‘रामलिला मैदानमा सात दिनसम्म चलेको उपवासपछि तपाईको सरकारले २९ मार्च २०१८ दिएको आश्वासन अहिलेसम्म यो पूरा गरिएको छैन । तपाईको सरकारले स्वामीनाथन आयोगका सिफारिसहरुलाई स्वीकारेको थियो । यदि स्वीकार गर्नुहुन्छ भने यसलाई पालना गर्नु पनि जरुरी हुन्छ,’ उनले लेखेका छन् ।
आयोगले आफ्नो सिफारिसमा कृषि उत्पादनको लागतबाट ५० प्रतिशतभन्दा धेरै मूल्य किसानलाई दिने विषय उल्लेख गरेको छ । यसबारे २३ मार्च २०१८ देखि हजारे अनसनमा बसेका थिए । २९ मार्चमा कृषि राज्यमन्त्री गजेन्द्र सिंह शेखावत र तत्कालीन महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पठाएर मोदीले हजारेको अनसन तोडाएका थिए । यसक्रममा आयोगका सिफारिसहरु पूरा गर्ने लिखित आश्वासन हजारेसामु व्यक्त गरिएको थियो ।
केन्द्र सरकारले बालीको लागतको ५० प्रतिशतभन्दा बढी न्युनतम मूल्य तय गरेर यसलाई बजेट भाषणमा समेत समावेश गरेको तर पालना नगरेको हजारेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरे विनाशका कारण बाढीले क्षति पुर्याएको विज्ञको ठहर
-
बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
-
वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित
-
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला