
कमलपोखरी कि कंक्रिट पोखरी ? (तस्बिरमा हेर्नुस्)
रानीपोखरीको गल्ती कमलपोखरीमा दोहोरिँदै

काठमाडौं । महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध भएको छ । स्थानीय,सम्पदा र पर्यावरणप्रति सचेत नागरिकरुले कमपपोखरीको पुनर्निर्माणका क्रममा ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको भन्दै विरोध गरेका हुन् ।
उनीहरुले कमलपोखरीलाई कंक्रिट पोखरीमा परिणत गर्न नहुने बताउँदै आएका छन् । शुक्रबार कमलपोखरी स्पोर्टस् क्लबले विरोधमा प्रदर्शन नै गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सिमेन्ट र डन्डीको कमाल हामीलाई चाहिँदैन, रानीपोखरीबाट नसिकेकोमा हामी लज्जित छौ’ भन्ने प्लेकार्ड बोकेका थिए । तर, महानगरपालिकाले भने सरोकारवालाहरुसँग छलफल गरेरै पोखरीको नयाँ ढंगले पुननिर्माण गरेको दावी गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ