मर्दै गइरहेको छ यो आकाशगंगा
डर नहुने मानिस शायद नै कोही होला। तर के हामीले कहिल्यै विचार गरेका छौ अंततः डरको सम्बन्ध के संग छ ?ल यसैबारे सोची हेर्नुस। 'शर्ट वे', 'लॉन्ग वे' जताबाट विचारयात्रा प्रारम्भ गरे पनि पुग्ने 'डेस्टिनेशन' भने एउटै हुन्छ र त्यों हो मृत्यु। डरको प्रत्यक्ष /अप्रत्यक्ष सम्बन्ध मृत्युसंग नै गाँसिएको छ।
चाहे आफुलाई मन परेको फ़िल्मी डायलॉग सम्झिनुस अथवा पुस्तकका पंक्ति ! मृत्यु नै अंतिम सत्य र निष्पत्ति परिभाषित भएको पढ्नु नै भएको होला। मृत्यु अर्थात अवस्था अथवा स्वरुप परिवर्तन, यो प्रकृतिमा रहेका सबै प्राणी मात्र होइन, वस्तुसंग पनि घटित हुने प्रक्रिया हो। ल अहिलेको कोरोनाभाइरस बाट नै हेरौ किनकी यसलाई जीवित र जड़,प्राणी अथवा वस्तु दुबै भन्न मिल्छ। 'होस्ट' कोशिकामा पुगे पछि यसले प्राणी झै, जीवित झै आचरण गर्छ तर 'होस्ट' कोशिका नभेटेसम्म यो फगत प्रोटीन हो, न्यूक्लिक एसिड हो अर्थात जड़ हो, वस्तु हो । जड़ र चेतनको बीचको एउटा कड़ी हो भाइरस भन्दा फरक पर्दैन। पृथ्वीमा सबै किसिमका जीवनको प्रारम्भ नै अरएनए डीएनएबाट भएको हो। अब तपाईलाई भनी राख्नु परेन मृत्यु त कोरोनाभाइरसको पनि हुन्छ,एक वर्षदेखि साबुन पानीले हात धुनें,स्यानटाइज़र, इम्यून सिस्टम,
एंटीबड़ी,प्लाज्मा अदि बारे सुनेर तपाईलाई कोरोना 'डिसइंटीग्रेड' हुन्छ भन्ने विदित नै छ।
कोरोना मर्छ, हामी पनि मर्छौ अर्थात सानोदेखि ठूलो सबैको मृत्यु हुन्छ। विज्ञान लेखनले मलाई कता कता लेख्ने क्रममा पाठकसंग संवाद गर्दै लेख्ने बानी लागेको छ। यसलाई तपाईहरुले कुन रूपमा लिनु हुन्छ अहिलेसम्म थाहा छैन। के तपाईलाई थाहा छ ब्रह्माण्डमा सबैभन्दा सानो र ठूलो वस्तु के हो ? सोच्दै गर्नुस म प्रसंग अगाडि बढाउछु।
भर्खरै पृथ्वीका वैज्ञानिकले ९ अर्ब प्रकाशवर्ष टाढा हेर्दा, त्यहाँ पनि मृत्यु घटित भई रहेको जानकारी प्राप्त भएको छ। ताराहरुको मृत्यु हुने बारे रातोपाटीका पाठकलाई विदित नै छ। मानिस जस्तै तारा पनि मर्छन। कुनै दिन हाम्रो सूर्य पनि मर्छ। यसै तथ्यलाई आत्मसात गर्न सके हामी आफ्नो संभावित मृत्युको भय,आतंक,त्रास,डर,चिंता,प्रकोपबाट केही मात्रामा भए पनि निर्धक्क हुन सक्छौ।
वैज्ञानिकहरुले ९ अर्ब प्रकाशवर्ष टाढा रहेको एउटा आकाशगंगा मर्दै गई रहेको पत्ता लाएका छन। आजसम्म अर्थात यसभन्दा पहिला मरी रहेको आकाशगंगाको अवलोकन गर्ने सफलता पाइएको थिएन। यस्तो सफलता पहिलो पटक पाइएको हो।
अटाकामा लार्ज मिलीमीटर /सब मिलीमीटर टेलिस्कोप ( alma ) बाट यो जानकारी हात लागेको हो। चिलीको अटाकामा मरुभूमि क्षेत्रको ५ हज़ार मीटर अग्लो पठारमा रहेको ६६ वटा टेलिस्कोपको समूह 'भेरी लार्ज एरे' ( VLA ) इलेक्ट्रोमयागनेटिक रेडिएसनलाई सबमिलीमीटर स्केलमा अध्ययन गर्न सक्ने रेडियो इंटरफेरोमीटर प्रविधिको संजाल हो। २०११ मा स्थापित यस टेलिस्कोपले अति सूक्ष्म स्तरमा अध्ययन /अवलोकन गर्न सक्छ। यस टेलिस्कोपबाट ९ अर्ब प्रकाश वर्ष टाढाको Id2299 नामक आकाशगंगाभित्र रहेको ईंधन समाप्त हुँदै गई रहेको र विस्तारै यो आकाशगंगा मृत्युतिर धकेलिदै गई रहेको ज्ञात हुन आएको छ।
अनुसन्धानमा यस आकाशगंगाले आफुभित्र रहेको ४६ प्रतिशत ग्यास गुमाइसकेको थाहा भएको छ। यसले प्रतिवर्ष १० हज़ार तारा बन्ने सामग्रीलाई चिसो ग्यासका रूपमा उत्सर्जन गरी रहेको छ। जब कुनै आकाशगंगामा नया तारा बन्ने क्रम रोकिन्छ र त्यहाँबाट तारा बन्ने सामग्री चिसो ग्यासका रूपमा बहिर्गमन हुन थाल्छ वैज्ञानिकहरु यसलाई नै आकाशगंगाको मृत्यु प्रक्रिया भन्छन।
हुन त अहिले पनि यस आकाशगंगामा नया तारा बनी रहेका छन तर तिनको संख्या न्यून छ। नया तारा निर्माण भन्दा पुराना ताराको मृत्यु प्रतिशत बढी छ। यी नया बन्ने ताराले भने यस आकाशगंगाको मृत्यु झन वर ल्याई रहेका छन। कारण नया तारा बन्ने प्रक्रियामा आकाशगंगामा रहेको ईंधन झन छिट्टै न्यून हुँदै जान्छ र यस्तो परिस्थिति हुँदा त्यहाँ रहेका ईंधन र अन्य सामग्रीको झनै तीव्र प्रयोग हुन्छ,साथै चिसो ग्यासका रूपमा आकाशगंगा बाहिर उत्सर्जन हुन्छ। यसले गर्दा यस आकाशगंगाको मृत्यु झन झन निकट आउँदै जान्छ।
इंग्लैंडको डरहम विश्वविधालय तथा फ़्रांसको सेश्ले न्यूक्लियर रिसर्च सेंटरका वैज्ञानिक एनाग्राजिया पुग्लिसीका अनुसार पृथ्वीका
वैज्ञानिकले पहिलो पटक सुदूर अंतरिक्षमा कुनै विशाल आकाशगंगालाई मृत्यु नजीक पुगेको देखेका छौ।
आकाशगंगा प्रकृतिको सबैभन्दा ठूलो संरचना हो। एउटा आकाशगंगामा अर्बौ तारा हुन्छन्। ती ताराका सौर्य परिवारमा अनेको ग्रह, उपग्रह ,क्षुद्रग्रह, उल्कापिंड, पुछ्रे तारा (कमेट) हुन्छन्। हामी 'मिल्कीवे' नामक आकाशगंगाका निवासी हौ। यस आकाशगंगामा २००- ४०० अर्ब तारा छन। ती मध्येको एउटा ताराको सूर्य परिवारको एउटा ग्रह पृथ्वीका बासिन्दा हौ हामी।
के प्रारम्भमा मैले सोधेको प्रश्न ब्रह्माण्डको सबैभन्दा ठूलो वस्तुको जबाबमा तपाईले आकाशगंगा सम्झिनु भएको थियो ? मलाई विश्वास छ अधिकांश पाठकले आकाशगंगा नै सोचेका थिए। र, सानो वस्तुबारे ? पक्कै तपाईहरुले 'सबएटमिक पार्टिकल' नै सम्झिनु भएको हुनु पर्छ।
आकाशगंगाको पनि मृत्यु हुन्छ, ब्रह्माण्डमा रहेको एउटा आकशगंगा मृत्यु उन्मुख हुँदै गई रहेको सुनेर तपाईलाई आनंद फिल्ममा आनंद बनेका राजेश खन्नाको आफ्ना मित्र डाक्टर बनेका अमिताभ बच्चनलाई भनेको त्यों डायलॉग याद आएंन - ''बाबू मोशाय ! बाबू मोशाय जिंदगी और मौत ऊपर वाले के हात में है जहाँपनाह ! उसे न आप बदल सकते हैं और न मैं। हम सब तो रंगमंच की कठपुतलिया हैं जिनकी डोर ऊपर वाले की उंगलियों में बधी हैं कब कौन कैसे उठेगा यह कोई नहीं बता सकता हैं हाहाहाहा ...''
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति