पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक जारी
शुक्रबार, ०२ माघ २०७७, १२ : ३३

काठमाडौं । प्रतिगमनविरोधी आन्दोलन सशक्त पार्ने कार्यक्रमहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठक जारी छ । ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने नेताहरुले बताएका छन् ।
बैठक आजै सक्ने तयारी रहेपनि छलफलका आधारमा निर्णय हुने नेताहरुले बताएका छन् । पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ । आन्दोलनलाई थप प्रभाकारी र शसक्त बनाउन बैठकले निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रीको ट्राफिक व्यबस्थापनमा ८ सय ९०जना ट्राफिक प्रहरी खटिने
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक
-
८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत