विप्लव समूहका नेता धर्मेन्द्रसहित तीन जनालाई अदालतमा पेश गरिने, रखालको शरीरमा नील डाम

काठमाडौं । प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’का नेता धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई कानुनविदहरुले भेटेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएका वास्तोलासहितका नेताहरुलाई शुक्रबार बिहान सरोकारवालाहरुले भेटेका हुन् ।
नेपाल बार एसोशिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बारका केन्द्रीय सदस्यद्वय अधिवक्ताहरु खिमानन्द अधिकारी र प्रकाश महर्जन तथा सर्वोच्च अदालत वार एशोसिएसनका सदस्य अधिवक्ता कपिलचन्द्र पोखरेल सहितले परिसरमा पुगेर उनीहरुलाई भेटेका हुन् । पक्राउ परेकाहरुको शरीरमा नील डाम र चोट देखिएको भेट्न गएका एक सदस्यले बताए ।
विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य बास्तोलासहित नेताहरु विवेक कुमल र अर्का राजन रखाललाई प्रहरीले राजनीतिक प्रशिक्षणका क्रममा बुधबार पक्राउ गरेको थियो । त्यसक्रममा प्रहरीले एक थान ल्यापटप, आइफोन २ थान र केही नगद समेत नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आजै अदालत पेश गर्ने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक