शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मानब बेचबिखन मुद्दामा प्रदेशसभा सदस्यलाई बिगो भराउने फैसला, २ जनालाई कैद सजाए

शुक्रबार, ०२ माघ २०७७, १२ : २४
शुक्रबार, ०२ माघ २०७७

दाङ । मानब बेच बिखबखन मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीलाई अदालतले बिगो भराउने फैसला सुनाएको छ । पिडित नरेन्द्र बस्नेतले मानब बेचबिखन ब्युरो काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्धा दिएका थिए । उक्त मुद्दामा फैसला सुनाउँदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको छ ।

नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति तत्कालीन लुम्बिनि प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ। उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती लुम्बिनी प्रदेशसभाकी प्रदेशसभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला अदालतले गरेको हो।

अर्का अभियुक्त घोराही–१४ मिलनचोक निवासी टोपबहादुर जिसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसिपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ।

उनीहरु तीन जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको थियो। पीडित बस्नेतलाई अबैधरुपमा अमेरिका पठाउन इक्वेडर, कोलम्बिया हुँदै पनामा लगियो। पनामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पुर्‍याए। होन्डुरस हुँदै ग्वाटेमाला लगेपछि उनलाई फेरि अलपत्र पारियो।

दाङका नरेन्द्र बस्नेतले अमेरिका पुगेर पैसा कमाउने र ग्रिनकार्ड पनि लिने आशामा दलाललाई पैसा खुवाए। तर, अमेरिका टेकेकै दिन उनी जेल परे।

१७ महिना जेल बसेर नरेन्द्र नेपाल फर्किए र आफूलाई फसाउनेहरुमाथि मुद्दा दायर गरे।

अमेरिकाको जेलबाट छुटेर आउँदासम्म नरेन्द्रले ७५ लाख ९७ हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्। उनले सास्ती र यातना थुप्रै पाएको गुनासो गरे ।  तर, जिल्ला अदालत काठमाडौँले डुबेको रकमको आधा हिस्सा मात्रै बिगो भराउने फैसला गरेको छ।

पुस १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो । तर, अदालतले बिगोको आधा अर्थात् ३७ लाख रुपैयाँ मात्रै बिगो भराउने फैसला गरेको छ। जिल्ला अदालतले आधा मात्रै बिगो भराउने आदेश दिएपछि उनी उच्च अदालत जाने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप