बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति श्रीले ल्याइन् ‘न्याय मरेको देश’

शुक्रबार, ०२ माघ २०७७, १२ : १८
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । गायिका शान्ति श्री परियारको स्वर रहेको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ । राजेश पौडेलको शब्द, दिनेश मुस्कानको संगीत गीतमा रहेको छ । महिलाहरुमाथि हुने विभिन्न हिंसा बलात्कार, एसिड काण्ड र छाउ सम्बन्धि कथा समेटिएको गीतको भिडियो विना श्रेष्ठले निर्देशन गरेकी हुन् । 

रश्मि शाक्यको निर्माण, उत्तम हुमागाईंको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेललगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप