‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको छ । नयाँ वर्षको छेको पारेर फिल्म रिलिज गर्न लागिएको हो ।
प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।
सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा भिडियोमा पल शाह र पूजा शमा समेत अटाएका छन् । गीतमा बुद्दि तामाङ र रविन्द्र झा समेतलाई देख्न सकिन्छ ।
पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म कैलाश राइले निर्देशन गरेका हुन् । अरुण तामाङ निर्माता रहेको फिल्मलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव