संसद विघटनविरुद्धको आन्दोलन थप सशक्त बनाउन प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्ने स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ । यसअघि उसले माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी र शसक्त बनाउने नेकपाको योजना छ ।
साथै आजको बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक व्यवस्थापन गर्नेगरी सुझाव पेश गर्न कायदेश पाएको थियो ।
सोही अनुसार हिजाको बैठकमा कार्यदलले आफ्नो प्रतिवदन पेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर