शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती प्रतिष्ठानमा नेत्र विशेषज्ञसहित आँखा विशेषज्ञ सेवा सुरु

शुक्रबार, ०२ माघ २०७७, ०८ : ५५
शुक्रबार, ०२ माघ २०७७

नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्र आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।  

एक औपचारिक कार्यक्रमका बीच संघले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाइ स्वामित्व र जिम्मेवारिसहित हस्तान्तरण गरेको हो ।

 संघका अध्यक्ष कृष्ण गिरिले प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन  । हस्तान्तण गरिएको अस्पतालको आँखा विभागको उद्घाटन गरिएको छ । प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीको विशेष उपस्थितिमा  नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नेत्र विशेषज्ञसहितको आँखा विभाग उद्घाटन गरे ।

 दुई जना नेत्र विशेषज्ञ सहितको सेवा अब सर्वसाधारणले पाउने र  अब आखाको सर्जरी समेत अस्पतालमा हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतको भनाइ छ । बस्नेतका अनुसार आँखाको पोष्ट ग्रेजुएडको पढाइ पनि छिट्टै हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप