आयुर्वेद चिकित्सा : जनतामा बढ्दो झुकाव, विश्वास जित्न भने अझै बाँकी
के तपाईंलाई जिउ, शरीर, हातखुट्टाका जोर्नी, पेट दुखेको छ ? आउनुहोस् छिट्टै निको पार्ने औषधि हामीसँग छ, भन्दै उपत्यकाका फुटपाथदेखि टोलटोलमा र गाउँगाउँमा माइक लगाउँदै आयुर्वेद औषधिको प्रचारप्रसार गरेको नसुन्ने सायद कमै होलान् । यस्तै आयुर्वेदिक औषधिद्वारा क्यान्सर, एडस, अपाङ भएकाहरुलाई सपाङ बनाउन सकिन्छ भन्दै ठाउँठाउँ होडिङ र्वोड झुण्डाएर प्रचार गर्नेहरुको कमी छैन ।
यति मात्रै होइन, विभिन्न सञ्चारमाध्यममार्फत आयुर्वेद औषधि सेवन गरेर ग्यास्ट्रिक, गानोगोला, वाथ तथा जोर्नी दुख्नेलगायतका दीर्घरोग समेत यो यो संस्थामा उपचार गराएर निको भयो भन्दै बिरामीलाई प्रसारप्रचार गर्न समेत लगाएको पाइन्छ ।
‘कुनै पनि औषधि विज्ञानले यो यो रोगलाई यो यो खालको औषधि सेवन गरेमा निको हुन्छ भनेर ग्यारेन्टी लिन नसक्ने’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय बताउँछन् ।
तर त्यसरी प्रचारप्रसार गरिएका सबै आयुर्वेद तथा जडीबुटीजन्य औषधि सेवन गर्न नहुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय सचेत गराउँछन् ।
‘कुनै पनि औषधि विज्ञानले यो यो रोगलाई यो यो खालको औषधि सेवन गरेमा निको हुन्छ भनेर ग्यारेन्टी लिन नसक्ने’ उनी बताउँछन् । ‘उदाहरणको लागि, डाक्टरले रुघा लागको व्यक्तिलाई औषधि सेवन गर्न दिएपनि त्यस औषधिले पूर्ण रुपमा निको नै पार्छ भनेर ग्यारेन्टी लिन सक्दैन,’ उनले भने, ‘कुनै रोगका विशेषज्ञले यो औषधि सेवन गरेर १०० प्रतिशत निको हुन्छ भनेर ग्यारेन्टि नलिन सक्दैन ।’
त्यसैले कुनै संस्थाको प्रचारप्रसारको भरमा परेर तत्सम्बन्धी पूर्ण जानकारीबिना उपचारका लागि विश्वास गर्न नहुने उनी बताउँछन् ।
खुलेआम रुपमा दीर्घकालीन तथा अल्पकालीन रोगहरु निको पार्छौं भनेर टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनमा विज्ञापन तथा कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई निगरानीमा राख्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले प्रेस काउन्सिललाई आग्रह समेत गरेको समेत उनले जानकारी दिए ।
ठोस वैज्ञानिक प्रमाणबिना दीर्घकालीन तथा अल्पकालीन रोगहरुको चट्टै निको पार्छौं भन्दै विज्ञापन गर्ने संस्थाहरुलाई सरकारले नियमन र व्यवस्थित गर्न सकेको छैन । अनाधिकृत तथा प्रमाणविना मानिसको जीवनमाथि घातक असर गर्न सक्ने औषधी जस्तो संवेदनशील चीजको खुलेआम विज्ञापन गर्ने व्यक्ति तथा संस्थालाई औषधि व्यवस्था विभागले समेत कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
साथै आयुर्वेद तथा जरीबुटीजन्य औषधि अवैध रुपमा संचालन तथा विक्री वितरण गर्ने कति छन् भन्ने कुरा समेत सरकारले एकिन गर्न सकेको छैन ।
ठोस वैज्ञानिक प्रमाणबिना दीर्घकालीन तथा अल्पकालीन रोगहरुको चट्टै निको पार्छौं भन्दै विज्ञापन गर्ने संस्थाहरुलाई सरकारले नियमन र व्यवस्थित गर्न सकेको छैन । अनाधिकृत तथा प्रमाणविना मानिसको जीवनमाथि घातक असर गर्न सक्ने औषधी जस्तो संवेदनशील चीजको खुलेआम विज्ञापन गर्ने व्यक्ति तथा संस्थालाई औषधि व्यवस्था विभागले समेत कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
ओझेलमा जिल्ला स्वास्थ्य आयुर्वेद केन्द्र
पश्चिमा मुलुकहरुमा आयुर्वेदको प्रभावकारिता, त्यसको नकारात्मक असर कम हुने जस्ता कुराले यसतर्फ आकर्षण बढिरहेको पाइन्छ । तर नेपालमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई खासै ध्यान दिएको पाइँदैन । नेपालको ७५ वटा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन् तर ती संस्थाहरु स्थानीय जनताको पहुँचमा भने छैन । तिनलाई वैज्ञानिकीकरण गर्ने तथा व्यवस्थित रुपमा सञ्चालन गरेर आम जनतालाई प्रभावकारी उपचार प्रदान गर्नेतर्फ सरकारले खासै ध्यान दिएको पाइँदैन । फगत देखाउनका लागि तथा औपचारिकताका लागि खडा गरिएको संस्थाको रुपमा प्रायः जसो जिल्ला आयुर्वेद केन्द्र १ वा २ जना कर्मचारीको भरमा चलाइएको छ । त्यसबाहेक प्रभावकारी रुपमा प्रचारप्रसार नहुँदा धेरै मानिसलाई आयुर्वेद स्वास्थ्य केन्द्रमा कुनकुन रोगको औषधि पाइन्छन् भन्ने कुरा समेत थाहा हुँदैन । स्मरण रहोस्, अहिले संघीय राजधानी काठमाडौंको नरदेवीमा केन्द्रीय आयुर्वेदिक अस्पताल छ भने प्रदेश तहमा दाङ जिल्लामा आयुर्वेदिक अस्पताल सञ्चालनमा छन् ।
सरकारी तथ्यांकअनुसार देशभर आयुर्वेद स्वास्थ्य संस्था ३ सय ८२ वटा संस्था छन् । त्यसै गरी, सरकारी स्तरमा आयुर्वेदिक औषधि उत्पादन गर्न सिंह दरवार वैद्यखाना सञ्चालित छ भने कीर्तिपुरमा आयुर्वेद अनुसन्धान तालिम केन्द्र रहेको छ । त्यसो त देशभर आयुर्वेदिक स्वास्थ्य केन्द्र भएपनि प्राविधिक जनशक्ति भने करिब १ हजार जना मात्रै रहेका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले मुलुकभरका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा २३ प्रकारका रोगहरुको औषधि पाइने जानकारी दिएका छन् । अब प्रत्येक गाउँपालिकमा नागरिक आयुर्वेद केन्द्र सञ्चालन गर्ने योजना रहेको पनि उनले सुनाए ।
आयुर्वेदिक औषधिमा झुकाव बढेपनि विश्वास कम
त्यसो त आयुर्वेदिक चिकित्सा पद्दति जहिले पनि आधुनिक ऐलोपेथिक चिकित्सापद्दतिको सेप लागेर ओझेलमा पर्दै आइरहेको छ । अहिले कोरोना महामारीको बेलामा आधुनिक चिकित्सापद्दतिसँग समेत त्यसको भरपर्दो र प्रभावकारी उपचार उपलब्ध नहुँदा स्वभाविक रुपमा आम मानिसको ध्यान आयुर्वेदिक चिकित्सातर्फ तानियो । कोरोना महामारीले गर्दा आयुर्वेदिक औषधिको सकारात्मक प्रचारप्रसार र उपयोगिताका बारे चासो बढेको डा. बासुदेव उपाध्यायको भनाइ छ ।
परम्परागत औषधिहरुको गहन अध्ययन खोज तथा अनुसन्धान गरेर प्रमाणित गरेपछि मात्रै सेवन गर्नुपर्छ भन्ने आवाज उठेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसतर्फ खासै ध्यान दिएको भने पाइँदैन ।
नेपालको सन्दर्भमा भने परम्परागत रुपमा सेवन गर्दै आएका जडीबुटीजन्य औषधि प्रमाणिकताका आधारमा मात्रै सेवन गुर्नपर्छ भनेर नयाँ पुस्ताका मानिसहरुले भन्न थालेको उनी बताउँछन् । परम्परागत औषधिहरुको गहन अध्ययन खोज तथा अनुसन्धान गरेर प्रमाणित गरेपछि मात्रै सेवन गर्नुपर्छ भन्ने आवाज उठेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसतर्फ खासै ध्यान दिएको भने पाइँदैन ।
नेपालमा नियमित रुपमा बेसार सेवन गरिन्छ । तर, कोभिड—१९ संक्रमण सुरु पछि बेसार खानुपर्छ भनियो तर बेसार किन खाने ? यो सेवन गरेमा के कसरी फाइदा पुग्छ भन्ने बारे बुझाउने काम हुन सकेन । त्यसै गरी, अन्य परम्परागत जडीबुटी किन सेवन गर्ने ? सेवन गर्दा के फाइदा हुन्छ ? त्यसको कति मात्रामा सेवन गर्ने ? परम्परागत औषधीले गर्न सक्ने सकारात्मक–नकारात्मक असरहरु के हुना सक्छन् जस्ता कुराहरु मानिसले जान्न बुझ्न खोज्छन् । वास्तवमा यो सही पनि हो । आधुनिक औषधीहरु जस्तै अध्ययन र अनुसन्धान गरेर प्रमाणिकताको आधारमा मात्रै परम्परागत आयुर्वेदिक औषधि सेवन गर्नुपर्छ भन्ने धारणाको विकास वर्तमान समयमा भएको छ । आयुर्वेदको सुन्दरता भनेको स्वस्थ जीवनशैली भएकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई विकास एवं स्तरोन्नितकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने डा. उपाध्याय बताउँछन् ।