शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओद्वारा शारीरिक व्यायामका लागि नयाँ गाइडलाइन जारी, फिट रहन कति व्यायाम आवश्यक ?

शुक्रबार, ०२ माघ २०७७, ०७ : ३८
शुक्रबार, ०२ माघ २०७७

सन् २०२० मा धेरैजसो मानिसहरुले आफ्नो समय घरमा नै बिताए । यस्तोमा व्यायाम शून्य बराबर नै भयो । यसले मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पर्यो । यसैकारण अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शारीरिक व्यायामको नयाँ गाइडलाइन जारी गरेको छ । यसमा आफूलाई फिट र स्वस्थ राख्नका लागि दैनिक कति व्यायाम गर्नुपर्छ भनेर बताइएको छ ।

डब्ल्यूएचओका अनुसार आफूलाई शारीरिक र मानसिक रुपमा फिट राख्नका लागि व्यायाम अत्यावश्यक छ । यदि दुनियाँका हरेक व्यक्तिले दैनिक व्यायाम गर्न सुरु गरेको खण्डमा हरेक वर्ष हुने ४० देखि ५० लाख मृत्यु रोक्न सकिन्छ । संसारमा करिब २७.५ प्रतिशत वयस्क र ८१ प्रतिशत किशोरले डब्ल्यूएचओको गाइडलाइन पूरा गर्दैनन् । पछिल्लो एक दशकमा यसमा केही सुधार पनि देखिएको छ ।

धेरैजसो देशमा पुरुषको तुलनामा महिला कम शारीरिक व्यायाम गरिरहेका छन् । यस्तै, भिन्न भिन्न देशमा मानिसहरुबीच, धनी र गरिबबीच व्यायाममा निकै अन्तर देखिएको छ ।

हरेक उमेरका मानिसहरु भिन्न भिन्न व्यायाम गर्नुहोस्ः

डब्ल्यूएचओले आफ्नो गाइडलाइनमा फिट रहनका लागि हरेक उमेरका मानिसहरुलाई भिन्न भिन्न शरीरिक व्यायाम गर्न सुझाएको छ । पहिलो पटक गाइडलाइनमा लगातार बसिरहने बानी  त्यसले निम्त्याउने स्वास्थ्य जोखिमबारे जानकारी दिइएको छ । साथै यसमा गर्भवती, आमा बनिसकेका र अपाङ्गता भएका मानिसहरुका लागि सुझाव दिइएको छ ।

डब्ल्यूएचओले बसिरहने आफ्नो समयलाई कम गर्न र व्यायामको बानी बसाल्नका लागि केही निर्देशन दिएको छ ।

डब्ल्यूएचओको नयाँ गाइडलाइनका ६ महत्वपूर्ण कुरा, जुन थाहा पाउन आवश्यक छ –

१. व्यायामले मुटु, शरीर र दिमागलाई फिट राख्छः

दैनिक व्यायाम गरेर विभिन्न प्रकारको रोगमाथि नियन्त्रण पाउन सकिन्छ । यसमा मुटु, मधुमेह र क्यान्सरजस्ता रोग समावेश छन् । संसारमा एक चौथाई मत्यु यसै कारण हुने गर्छ । शारीरिक व्यायामले डिप्रेशन र एङ्जाइटीमा कमी आउँछ । यसबाहेक सोच्ने, सिक्ने र फिट रहने मामिलामा सक्रिय राख्छ ।

२. हरेक हप्ता १५० देखि ३०० मिनेटसम्म एरोबिक एक्टिभिटीः

एक वयस्क स्वस्थ रहनका लागि हरेक हप्ता १५० देखि ३०० मिनेटसम्म एरोबिक एक्टिभिटी गर्नुपर्छ । बालबालिकाले दैनिक कम्तीमा ६० मिनेटसम्म गर्नुपर्छ ।

३. हरेक प्रकारको शारीरिक व्यायाम फाइदाजनकः

फिट रहनका लागि विशेष प्रकारका केही एक्टिभिटी मात्रै गर्नुपर्छ भन्ने छैन । यसका लागि कुनै प्रकारको काम जसमा मिहिनेत समावेश हुन्छ, त्यो समावेश गर्न सक्नुहुन्छ । यसबाहेक कुनै पनि खेल खेल्न सक्नुहुन्छ । साइक्लिङ वा वाकिङ गर्न सक्नुहुन्छ, दौडन सक्नुहुन्छ ।

४. मांसपेशीले शक्ति पाउँछः

६० देखि ६५ वर्षका वृद्धवृद्धा पनि शारीरिक रुपमा सक्रिय रहनुपर्छ । यसले उनीहरुको मांसपेशी बलियो बनाउँछ । साथै शारीरिक कमजोरी हुँदैन । स्वास्थ्य पनि उत्कृष्ट रहन्छ ।

५. धेरै बेरसम्म बसिरहँदा बिरामी हुन सक्नुहुन्छः

जो मानिसहरु शारीरिक रुपमा सक्रिय हुँदैनन् र लामो समयसम्म एकै स्थानमा बसिरहन्छन्, उनीहरुमा क्यान्सर, मुटुरोग र मुधुमेह जस्ता रोगको खतरा बढी हुन्छ । यस्तोमा यदि तपाईं स्वस्थ रहनुपर्छ भने धेरै बेरसम्म बस्ने तपाईंको बानी कम गर्नुपर्छ । शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

६. एकै ठाउँमा बसिरहने बानी हटाउनुहोस्ः

जो व्यक्तिले पनि आफ्नो जीवनशैलीमा शारीरिक व्यायाम बढाउनुपर्छ । गर्भवती महिला, आमा भइसकेका महिला र अपाङ्गता भएका व्यक्ति एकै स्थानमा बसिरहनबाट जोगिनुपर्छ ।

केही आवश्यक कुरा जुन तपाईंले थाहा पाउनुपर्छः

– ५ देखि १७ वर्षका बालबालिकाका लागिः

गाइडलाइनमा बताए अनुसार ६ देखि १७ वर्षका बालबालिका तथा किशोरले दैनिक कम्तीमा ६० मिनेट शारीरिक व्यायाम गर्नुपर्छ । यसो गर्दा बच्चा फिट हुन्छन्, उनीहरुलाई मुटुसँग सम्बन्धित समस्या हुँदैन । उनीहरु मानसिक रुपमा पनि स्वस्थ रहनेछन् । बालबालिकाहरुलाई धेरै बेरसम्म बसाइराख्न हुँदैन ।

- १८ देखि ६४ वर्षका मानिसहरुका लागिः

१८ देखि ६४ वर्षका मानिसहरु हरेक हप्ता ३ देखि ४ घण्टा एरोबिक व्यायाम पक्कै गर्नुहोस् । यसका साथै हप्तामा दुई दिन मांसपेशीलाई बलियो बनाउने व्यायाम गर्नुहोस् ।

- गर्भवती महिलाका लागिः

शारीरिक व्यायामले गर्भावस्थाको समयमा सुत्केरी भएपछि पनि सकारात्मक असर पार्छ । गर्भवती र सन्तान जन्माइसकेका महिलाले हप्तामा ३ घण्टा व्यायाम गर्न आवश्यक छ । यसमा स्ट्रेचिङ र मांसपेशीलाई बलियो बनाउने व्यायाम पनि हुनसक्छ । यसले प्रि एक्लेमप्सिया, जेस्टेशनल हाइपरटेन्सन र जेस्टेशनल डायबिटिजको खतरा कम हुन्छ । डिप्रेशन र स्टिल बर्थको जोखिम पनि कम हुन्छ ।

- रोगसँग लगिरहेका मानिसहरुका लागिः

डब्ल्यूएचओका अनुसार शारीरिक व्यायाम ती व्यक्तिका लागि आवश्यक छ जो पहिले नै थुप्रै रोगसँग जुधिरहेका छन् । जस्तै, हाइपरटेन्सन, मधुमेह, एचआईभी र क्यान्सर । यस्ता मानिसहरुले हप्तामा ३ देखि ५ घण्टा स्लो एरोबिक एक्टिभिटी र १ देखि ३ घण्टासम्म तीब्र गतिको एरोबिक एक्टिभिटी गर्नुपर्छ ।

- अपाङ्गता भएकाहरुका लागिः

अपाङ्गता भएकाका बालबालिकाका लागि ६० मिनेटसम्म शारीरिक व्यायाम गर्नुपर्छ । यसमा मांसपेशीसँग जोडिएको व्यायाम अवश्य गर्नुहोस् ।

हप्ताभरी ३ देखि ५ घण्टा एरोबिक व्यायम पनि गर्नुहोस् । यसले अपाङ्गतामा सकारात्मक परिवर्तन आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप