सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय

बिहीबार, ०१ माघ २०७७, २३ : ०२
बिहीबार, ०१ माघ २०७७

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सो मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ ।

पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको छ । 

मलेसियामा दुई वर्ष पहिले भएको ऐतिहासिक निर्वाचनमा मतदाताहरुले नाजिबलाई सत्ताबाट हटाएका थिए । तर नजिवले आफुमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप