रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली
एजेन्सी । बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् ।
सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ । शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको जानकारी दिए ।
“झण्डै दुई घण्टापछि मात्रै विहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो, त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झण्डै पाँच सय टहरा पूर्ण रुपमा जलेका थिए,” उनले भने । टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।
उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
-
‘पिताम्बर’ २९ चैत्रमा रिलिज हुने
-
भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
-
व्यक्तिगत इगो र गुटगत कलहले कांग्रेसभित्र क्रियाशील सदस्यताको बबन्डर
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा फेवा संवाद सुरु