बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा सुरक्षागार्ड मृत फेला

बिहीबार, ०१ माघ २०७७, २१ : ५६
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । भक्तपुरको सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्डका रुपमा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् ।

गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सिन्धुपाल्चोक पाँचपोखरी घर भएका लक्ष्मीदास सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।

गणेश बाल स्कुल नजिकै खोल्सामा फेला परेको उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको भक्तपुर प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप