बेसहाराहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क उपचार गर्ने
सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।
असहायहरुलाई सहयोग पुर्याउँनका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.शर्माले जानकारी दिए । ‘हामीले पहिलेदेखिनै गरिब, बिपन्न तथा असहायहरुलाई निःशुल्क उपचार गर्दै आएका छौं ।’ डा.शर्माले भने–‘माया घरमा रहेका असहायहरुलाई पनि सहयोग गर्न निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’
२०७४ सालमा स्थापना भएको माया घरमा हाल ९७ जना महिला तथा वालवालिका बस्दै आएका छन् । जसमध्ये करिब ८० प्रतिशत मानसिक रोगी छन् । उनीहरुलाई उपचार गरेर पुनस्थापना गरिदै आएको छ । माया घरबाट हालसम्म करिब १२ सय जनालाई पुनस्थापना गरिसकिएको संस्थाका अध्यक्ष दासीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म