गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु
बिहीबार, ०१ माघ २०७७, २१ : १३
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म १४ हजार २९२ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ५९९ जना छन् । हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेका सङ्ख्या १९७ पुगेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने