सडकमा सुतेर नेविसंघले गर्यो सरकारको विरोध

काठमाण्डौं । नेपाली काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) संसद विघटनको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने नारा लेखिएको कालो कपडा शरीरमा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
विरोध सभामा नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले ओलीले ब्यप्त भ्रष्टाचार लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाए ।
नेविसंघ शंकरदेव क्याम्पसद्वारा आयोजित प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमका संयोजक दीपक ओझाले गरेका थिए । रचनात्मक र प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा,सुदिप बनाडी,दिल सैनाई,सुनिल पराजुली,आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।
संघका नेता मिलन खतिवडाले सञ्चालन गरेको विरोध सभामा संघका महामन्त्री युबराज पाण्डे, पुर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगायतले असंवैधानिक कदमका बिरुद्ध शसक्त प्रतिवाद गर्नुपर्ने बताएका थिए । नेविसंघले केन्द्रीय परिपत्र बमोजिम भोलि देशभर दौड जुलुस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन