शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको स्वमूल्यांकन फारम भर्ने समय थप

बिहीबार, ०१ माघ २०७७, २० : २८
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको अध्यापन गर्ने शिक्षण संस्थाको सिट निर्धारण र प्रत्यायनसम्बन्धि कार्यका लागि अनलाइन स्वमूल्यांकन  फारम भर्ने म्याद थप गरेको छ । 

चिकित्सा शिक्षाले विभिन्न विधामा स्नातक तह अध्यापन गर्ने शिक्षण सिट निर्धारण कार्यका लागि अनलाइन स्वामूल्यांकन फारम माघ ५ गनेसम्मका लागि थप गरेको आयोगले सूचना जारी हो । 

यसअघि पुस २६ गते सम्मका लागि मात्र स्वमूल्यांकन फारम भर्ने मिति निर्धारण गरेको थियो ।आयोगद्धारा जारी गरिएको सूचनामा केही शिक्षण संस्थाहरुले फारम भर्नुपर्ने जानकारी नभएको, फारम भर्न कठिनाई भएको, विवरण सम्पादन गर्नुपर्ने कारण सहित म्याद थप गर्न लिखित अनुरोध गरिएको उल्लेख  छ । 

मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्णयअनुसारअन्तिम एकपटकका लागि म्याद थप्ने निर्णय गरेको आयोगका उपसचिव सीताराम कोइरालाद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप