शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

बिहीबार, ०१ माघ २०७७, २० : २१
बिहीबार, ०१ माघ २०७७

प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गहतराजसँग प्रहरीले ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनार्गन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । 

पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप