मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

एजेन्सी । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् ।
मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा सङ्क्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर सङ्क्रमित भएको उल्लेख गरिएको छ ।
उनले कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिए । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ । मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित