
ADVERTISEMENT
प्रदेश नं १ मा १६ कोरोना सङ्क्रमित थप

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीन/तीन तथा धनकुटा र प्रदेश बाहिरका एक÷एक जना छन् ।
अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ