केन्द्रीय संस्करण

थारु बस्तीमा ‘माघी’ को रौनक

person explore access_timeमाघ १, २०७७ chat_bubble_outline0

पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिंगारेका नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई मूलतः बुधबारदेखि माघी पर्वको रौनकले छपक्कै छोपेको छ । 

विधिवत् रुपमा पुस २९ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा रमाइलो गर्ने मात्र नभई थारु परिवारले गाउँघरको सरसफाइ गर्ने, दुःख परेकाको सारथी बन्ने र आपसमा भाइचारा तथा सहयोगी जातिको भूमिका पनि प्रस्तुत गर्दछन् ।  

यो पर्वका अवसरमा थारु समुदायको छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत हुने गर्दछन् । पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउछन् । उनका अनुसार माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ । त्यसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् । 

माघीका दिन आज बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का ९पैसा० लुटाउने प्रचलन रहेको छ । माघीका अवसरमा तिलको आगो तापिन्छ । तिलको आगो ताप्नाले वर्षभरी अञ्जानबस गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । 

पर्वका अवसरमा थारु समुदायले आआप्mनो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । पर्वका अवसरमा आज बर्दियाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेलासमेत लागेको छ ।   
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.