शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मतीका प्रत्येक वडामा योगका लागि पूर्वाधार बनाइन्छ : मन्त्री फुयाँल

बिहीबार, ०१ माघ २०७७, १८ : ५४
बिहीबार, ०१ माघ २०७७

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका सबै स्थानीय तहका वडाहरुमा योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण अघि बढाइएको बताएका छन् । छैटौँ राष्ट्रिय योग दिवसका अवसरमा राजधानींको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले आज साँखुमा आयोजना गरेको कार्यक्रममा उनले योगलाई विश्व संस्कृतिको रुपमा अघि बढाउनुपर्ने बताए । 

“विश्वमा सुख, शान्ति, खुशी र समृद्धि प्राप्त हुने विज्ञान वा दर्शन भनेकै योग भएकाले यसलाई जनस्तरसम्म पु¥याउन सरकारले पहल गरिहेको छ”, मन्त्री फुयाँलले भने। वाग्मतीलाई हरित प्रदेश बनाउने अभियानअन्तर्गत प्रत्येक घरमा कम्तीमा दुई वटा रुख रोप्ने अभियानलाई संस्कृतिको रुपमा विकास गरिने उहाँले जानकारी दिए

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले भौतिक विकाससँगै मानवमा आत्म विकासका लागि योग आवश्यक रहेको बताए । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा एक जना शिक्षकलाई योग प्रशिक्षण दिलाउन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठन पाठन शुरु गरिएको जानकारी दिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय साँखुका प्रमुख मुरारी वस्ती, नगरपालिका शिक्षा शाखा प्रमुख बोधराज निरौलाले शङ्खरापुरमा कार्यक्रम गर्नका लागि आवश्यक मात्रामा ठूला हल निर्माण भइसकेकाले सामूहिकरुपमा दैनिक योग अभ्यासलाई अघि बढाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका रामप्रसाद सञ्जेल, जीवन विज्ञानका मेनुका ढकाललगायतले योग अभ्यास गरारेका थिए । सात दिनसम्म सञ्चालन हुने विशेष योग शिविरमा योगका विभिन्न क्षेत्रका गुरुहरुले प्रशिक्षण दिनुहुने नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप