प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकालेको छ । बैठकले आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो ।
बैठपछि नेता रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिए । उनले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताए । ‘यो आन्दोलन नेकपाको मात्रै नभएर साझा आन्दोलनका रुपमा अघि बढेको हामीले मूल्याँकन गरेका छौ । यो आन्दोलन अझै अघि बढ्छ ।
आमनागरिक, बुद्धिजीवी, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय हो’ नेता पन्तको भनाई छ । उनले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने बताए । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।
त्यस्तै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने ? भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगिनसकेको नेकपाले जनाएको छ । ‘जारी भएकाले अबका कार्यक्रम कस्ता बन्छन् भन्ने बैठक सकिएपछि थाहा हुन्छ’ पन्तले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय