बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

बिहीबार, ०१ माघ २०७७, १८ : १६
बिहीबार, ०१ माघ २०७७

बुटवल । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएका छन् । दुर्घटनामा घाईते हुनेमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् । त्यस्तै घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नविन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् । उनीहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप