काँग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।
‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करिब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने,“ काँग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।”
आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताए । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताए । स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री