शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक राजश्वले पुसमा ६२ अर्ब राजस्व उठायो

बिहीबार, ०१ माघ २०७७, १६ : १२
बिहीबार, ०१ माघ २०७७

आन्तरिक राजस्व कार्यालयले पुस महिनामा ६२ अर्ब राजस्व उठाएको छ । यो पुस २९ गते साँझसम्मको तथ्यांक हो । विभागमा उपमहानिर्देशक  मुक्ति पाण्डेका अनुसार पुस मसान्तको साँझसम्मक ६२ अर्ब राजस्व संकलन भएको हो । विभागका कर्मचारी सो दिन राति अबेरसम्म राजश्व संकलन कार्यमा व्यस्त रहेका थिए । 

सम्पूर्ण राजस्वको १६ प्रतिशत यही पुसमा संकलन हुने गरेपनि लक्ष्य भने भेट्न नसकेको विभागको भनाइ छ । पुसमा  विभागको सम्पूर्ण आन्तरिक राजस्वको लक्ष्य ७२ अर्ब रहेको थियोे  । 

 विभागले आयकरमा सबैभन्दा बढी राजस्व उठाउने समय भनेको पुस, चैत र असार हो । आयकर किस्ता बन्दीमा तिरिन्छ । पुसमा ४० प्रतिशत, चैतमा ३० प्रतिशत र असारमा बाँकी ३० प्रतिशत आयकर बुझाउनुपर्ने प्रावधान छ । यसकारण पनि पुसमा सबैभन्दा बढी आयकर उठ्ने गरेको छ । विभागले पुसमा मात्रै ५४ अर्ब ४६ करोड आयकर उठाउने लक्ष्य लिएकोमा कति उठ्यो भन्नेबारे जानकारी दिइसकेको छैन ।

यसैगरी  भ्याट भने सबैभन्दा बढी उठ्ने समय भनेको असार र साउन महिना हो ।
महालेखा नियन्त्रकको कार्यालय अनुसार पुससम्म कुल ४ खर्ब २२ अब २३ करोड ५९ प्रतिशत राजस्व संकलन भएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप