केन्द्रीय संस्करण

गत वर्ष तीनै तहका सरकारले ११ खर्ब ९१ अर्ब बजेट खर्च गरे

person explore access_timeमाघ १, २०७७ chat_bubble_outline0

तीन तहका सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा  ११ खर्ब ९१ अर्ब रुपैयाँ बजेट खर्च गरेका छन् । तीनै तहका सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अनुसार कुल बजेट १८ खर्ब ९० अर्ब १ करोड र कूल खर्च ११ खर्ब ९१ अर्ब ५ करोड रहेको देखिएको हो । यो बजेट तथा खर्चमा दोहोरो परेको रकम हटाएपछिको विवरण हो । यो वर्ष पहिलो पटक सबै स्थानीय तहको आयव्यय एकीकृत गरिएको हो ।

गत आर्थिक वर्षमा तीनै तहका सरकारले १० खर्ब ४७ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्। भने आन्तरिक ऋण १ खर्ब ९४ अर्ब ९० लाख रुपैयाँ, वैदेशिक ऋण १ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँ र वैदेशिक अनुदान १८ अर्ब ८८ करोड ५७ लाख प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

स्थानीय तहको वित्तीय प्रतिवेदन पहिलो पटक सूत्र प्रणालीबाट तयार गरिएको छ । स्थानीय तहहरुको कुल प्राप्ती ४ खर्ब ४ अर्ब ३० करोड रुपैयाँ र कुल खर्च ३ खर्ब २० अर्ब ५ करोड रुपैयाँ बराबर रहेको छ । 
महालेखा नियन्त्रक कार्यालयले तीनै तहको केन्द्रिय लेखाको एकिकृत वित्तिय विवरण तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको छ । गत बुधबार महालेखाले अर्थ मन्त्रालयमा सो विवरण पेश गरेको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.